विपद्का बेला सुरक्षा निकायविरुद्ध घृणा फैलाएको आरोपमा जनक परियार पक्राउ
nepalpress.com · Sat Sep 12 15:27:08 GMT 2026

काठमाडौँ । विपद्को संवेदनशील समयमा खोज, उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षा निकाय तथा राष्ट्रसेवकविरुद्ध सार्वजनिक नैतिकता र शिष्टाचारविपरीतका सामग्री सामाजिक सञ्जालमा प्रकाशन गरी घृणा तथा द्वेष फैलाएको आरोपमा जनक परियार पक्राउ परेका छन् ।
आठविसकोट नगरपालिका–१२, सेयनी बार्कु रुकुम पश्चिम घर भई हाल काठमाडौँको टोखा नगरपालिका–८, बानियाटार बस्ने २७ वर्षीय परियारलाई काठमाडौँ महानगरपालिका–३१, अनामनगरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Read full story at source (nepalpress.com)