बाढीका मृतकको सम्झनामा राष्ट्रिय एकता दलबाट तर्पण र श्रद्धाञ्जली [तस्बिरहरू]
hamrakura.com · Fri Sep 11 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय एकता दलले भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको आत्मा शान्ति, सद्गति र मोक्षको कामना गर्दै आज पशुपतिनाथ मन्दिरस्थित बागमती घाटमा जल तर्पण तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
हिन्दू परम्परा अनुसार औँसीको पावन अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा दिवङ्गतहरूप्रति श्रद्धापूर्वक जल अर्पण गरिएको थियो । श्री पशुपतिनाथ मन्दिरको पूर्वी गेटस्थित बागमती घाटमा अपराह्न ४ बजे सम्पन्न सो कार्यक्रममा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव, केन्द्रीय नेता तोयानाथ दाहाल, पुस्ता लामा (पाथीभरा माता), विनोद सिंह लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
Read full story at source (hamrakura.com)