दुई बस आपसमा ठोक्किँदा १८ जना घाइते
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

नवलपुर। पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोटमा शनिबार बिहान दुईटा बस आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।
गैंडाकोट नगरपालिका-१२ हर्कपुरमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ आउँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
Read full story at source (hamrakura.com)