गगनको उपस्थितिमा सुजाताबाट डा. सुनीललाई जीपी फाउन्डेसनको नेतृत्व हस्तान्तरण [भिडियो]
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

काठमाडौँ । गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षको जिम्मेवारी नेपाली कांग्रेसका नेता, समाजसेवी तथा काठमाडौँ मेडिकल कलेजका सञ्चालक डा. सुनीलकुमार शर्माले सम्हालेका छन्। फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाको सभापतित्वमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले शर्मालाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।
नेतृत्व हस्तान्तरणपछि शर्माले गिरिजाप्रसाद कोइरालासँग आफ्नो राजनीतिक र व्यावसायिक जीवनको गहिरो सम्बन्ध रहेको स्मरण गरे। कार्यक्रममा उनले राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि सुजाता कोइरालालाई भारत हुँदै अमेरिका र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याएर नेपालको प्रजातन्त्र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने अभियानमा आफू जोडिएको विषय सुनाए । त्यतिबेला नजरबन्दमा रहेका गिरिजाप्रसाद कोइरालालाई कसरी बाहिर निकाल्ने भन्ने विषयमा समेत अन्तर्राष्ट्रिय तहमा पहल भएको उनले स्मरण गरे ।
Read full story at source (hamrakura.com)