एसीसी प्रिमियर कप फाइनलमा नेपालले यूएईलाई दियो ३१४ रनको चुनौती, आसिफको शतक
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026
काठमाडौँ । मलेसियामा जारी एसीसी प्रिमियर कप २०२६ को उपाधिका लागि अहिले फाइनल खेल भइरहेको छ । उपाधिका लागि नेपाल र यूएई भिडिरहेका छन् । जितका लागि नेपालले ३१४ रनको चुनौती दिएको छ ।
खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन बनायो । नेपालका लागि आसिफ शेखले शतकीय इनिङ्स खेले । उनले १०६ बलमा ४ छक्का र ८ चौकाको मद्धतले १०२ रन बनाए । पहिलो विकेटका लागि आसिफसँग मिलेर ९७ रनको साझेदारी गर्ने क्रममा अर्जुन कुमालले रनआउट हुनुअघि ४३ रन जोडे ।
Read full story at source (hamrakura.com)