जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युत् गृहमा फसेकाहरूको उद्धार र खोजी कार्यलाई उच्च प्राथमिकता दिएको छ।
सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले दिएको जानकारी अनुसार रसुवाको स्याफ्रुबेँसीबाट चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म पुग्ने करिब एक किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरी खोजी कार्य जारी राखिएको छ। चिलिमे आयोजनाको सुरुङ क्षेत्रमा ठाउँ साँघुरो हुँदा हेलिकप्टरबाट डोजर झार्न सम्भव नभएपछि वैकल्पिक रूपमा पहुँच सडक निर्माण गर्नुपरेको हो। बाढीले ल्याएको बाक्लो लेदो पन्छाउन सेनाको उद्धार टोली २४सै घण्टा खटिएको छ।
Read full story at source (hamrakura.com)