बहसलाई स्पष्ट र निर्णयउन्मुख बनाउन कानून व्यवसायीलाई प्रधानन्यायाधीश शर्माको आग्रह
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

काठमाडौँ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले अदालतमा हुने बहसलाई लामो सैद्धान्तिक व्याख्याभन्दा स्पष्ट, संक्षिप्त र निर्णयउन्मुख बनाउन कानून व्यवसायीहरूलाई आग्रह गरेका छन्।
शनिबार उच्च अदालत बार एशोसिएशन पाटनको वार्षिक साधारणसभा तथा पदभार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश शर्माले बुँदागत र सुसङ्गठित प्रस्तुतिले न्यायाधीशलाई उचित फैसला गर्न ठूलो सहयोग पुग्ने बताएका हुन्। मुद्दाको पेसीमा हुने छलफललाई एकालापको रूपमाभन्दा पनि बार र बेञ्चबीचको अन्तरक्रियात्मक संवादमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले बहसको मुख्य उद्देश्य निश्चित र विशिष्ट निर्णयाधार प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन्। कानूनका जटिल विवेचनाहरू आवश्यक भए पनि आफ्नो पक्षमा फैसला हुनुपर्ने आधारहरू स्पष्ट रूपमा राख्दा छिटोछरितो न्याय सम्पादनमा सहयोग पुग्ने उनको भनाइ छ।
Read full story at source (hamrakura.com)