विश्व शासन प्रणालीमा ग्लोबल साउथको प्रभाव बढाउन प्रधानमन्त्री मोदीको जोड
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथ (विकासशील तथा उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरू) को सहभागिता र प्रभाव अभिवृद्धि गर्न ब्रिक्सले ठोस पहल गर्नुपर्ने बताएका छन्। भारतको अध्यक्षतामा आयोजित ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले विश्व शासनको वर्तमान संरचना केही निश्चित मुलुकमा मात्र केन्द्रित रहेको बताउँदै यसलाई सबैको न्यायसङ्गत साझेदारी रहने प्रणालीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन्।
वर्तमान विश्व शासन संरचनालाई ‘पिरामिड अफ प्रिभिलेज’ को संज्ञा दिँदै प्रधानमन्त्री मोदीले यसलाई ‘प्लेटफर्म अफ पार्टनरसिप’ मा परिवर्तन गर्नुपर्ने बताएका छन्। विश्वव्यापी संकटहरूको मारमा सबैभन्दा बढी ग्लोबल साउथका मुलुकहरू पर्ने गरे पनि निर्णय निर्माणका तहमा ती देशहरू पछाडि नै रहेको उनको टिप्पणी छ।
Read full story at source (hamrakura.com)