शनिबार राति मधेश, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
annapurnapost.com · Sat Sep 12 15:31:25 GMT 2026

काठमाडौं : शनिबार राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनेछ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
Read full story at source (annapurnapost.com)