बाणगंगा नदीमा फसेका दाइको सकुशल उद्धार, भाइ बेपत्ता
ratopati.com · Sat Sep 12 16:43:52 GMT 2026

बुटवल । कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित बाणगंगा नदीमा फसेका १८ वर्षीय रिदम लामाको सकुशल उद्धार गरिएको छ । शनिबार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनको सकुशल उद्धार गरेको हो । उनका १० वर्षीय भाइ बुद्ध भने बेपत्ता भएका छन् ।
बाणगंगा नगरपालिका–८ बोडगाउँका रिदम र उनका भाइ बुद्ध बाणगंगा नदीमा नुहाउन गएको बेला एक्कासि आएको बाढीमा फसेका थिए । शनिबार साँझ अबेर रिदमलाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।
Read full story at source (ratopati.com)