नेपाली भलिबलको उज्ज्वल भविष्य: विदेशी खेलाडी र दर्शकको क्रेजले थप्यो उत्साह
neplays.com · Sat Sep 12 17:07:00 GMT 2026
काठमाडौं । नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहले काठमाडौंमा जारी पुरुषतर्फको पहिलो फ्रेन्चाइज एनभिएल (नेपाल भलिबल लिग) ले नेपाली भलिबललाई व्यवसायिक दिशामा अगाडि बढाएको बताएका छन् ।
क्रिकेट र फुटबलपछि महिला भलिबलमा फ्रेन्चाइज लिग सफल भइसकेको अवस्थामा पुरुषतर्फको यो पहिलो आयोजनाले नेपाली खेलकुदमा नयाँ आशा र उत्साह थपेको उनको भनाइ छ । संघले दुई-तीन वर्ष अघिदेखि नै भलिबललाई व्यवसायिक रूप दिने परिकल्पना गरेको र अहिले केडिया ग्रुपको पहलमा त्यो सपना साकार भएको उनले बताए ।
Read full story at source (neplays.com)