कर्णाली सरकारले पायो पूर्णता, यस्तो बन्यो टिम
ratopati.com · Thu Aug 27 09:19:51 GMT 2026

सुर्खेत। कर्णालीमा मंगलबहादुर शाही नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। साउन १२ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेतासमेत रहेका शाहीले बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।
कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा रुकुम पश्चिमकी मिलन खड्का रोका; उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा रुकुम पश्चिमकै कल्याणी खड्का र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा हुम्लाकी जुम्कित लामा नियुक्त भएका छन् । यी तीनै जना मुख्यमन्त्रीको दल नेपाली कम्युनिस्ट पार्टीबाट मन्त्री बनेका हुन्।
Read full story at source (ratopati.com)