रसुवा बाढीः मृतकको संख्या २७० पुग्यो, चार हजार बढी प्रहरी परिचालन
kendrabindu.com · Thu Aug 27 09:19:21 GMT 2026

काठमाडौं । भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ। नेपाल प्रहरीका अनुसार भदौ ११ गते दिउँसो साढे १ बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार विभिन्न जिल्लाहरूबाट २७० जनाको शव फेला परेको हो।
बाढीबाट सबैभन्दा बढी चितवनमा १०८ जना र नवलपरासी पूर्वमा ६२ शव फेला परेकाे छ । त्यसैगरी धादिङमा २७, गोरखामा २०, रसुवामा १७, नवलपरासी पश्चिममा १५, नुवाकोटमा १२ र तनहुँमा ९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
Read full story at source (kendrabindu.com)