मासिँदै सनपाट खेती
ratopati.com · Wed May 27 23:07:59 GMT 2026

महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्ती बस्तीका किसान सनपाट खेतीमा लाग्ने गरेका थिए । अचेल भने यहाँका फाँटमा न सनपाट देखिन्छ, न त यो खेती गर्नेमा युवा पुस्ताको आकर्षण छ । किसानका गोठमा पशु वस्तु घट्दै गएसँगै सनपाटको खेती पनि मासिँदै गएको जानकारहरू बताउँछन् । विगतमा पशु वस्तु बाँध्न, डुलाउन मात्र होइन, कैयौँ काममा प्रयोग हुने डोरीको प्रयोग हुने गरेको थियो । एकातिर पशु वस्तु पाल्न छोडिएको र अर्कोतिर प्लास्टिकका बनिबनाउ डोरी सजिलै पाउने भएकाले सनपाट खेतीतर्फ किसानको सरकार घट्दै गएको हो ।
“मेरै गोठमा जहिले पनि दुई हल गोरु, दुई वटा भैँसी र एउटा गाई हुन्थ्यो”, दुई दशक पहिलेको आफ्नो गुहाली (गोठ) सम्झँदै बर्दिबास–९ पशुपतिनगरका ७० वर्षीय किसान कारी महतो भन्छन्, “यिनै वस्तुसँग जोडेर बर्सेनि केही जग्गामा सनपाट लगाइन्थ्यो, अब न गोठमा वस्तु छन्, न पाटखेती नै गरिन्छ ।”
Read full story at source (ratopati.com)