ब्रिक्सको दिल्ली घोषणापत्रका मुख्य बुँदाहरू सार्वजनिक
canadanepal.com · Sat Sep 12 18:22:58 GMT 2026

काठमाडौ - भारतको नयाँ दिल्लीमा सम्पन्न १८ औँ ब्रिक्स शिखर सम्मेलनले नयाँ दिल्ली घोषणा २०२६ जारी गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सदस्य राष्ट्रहरूको सर्वसहमतिमा घोषणापत्र अनुमोदन भएको जानकारी दिएका छन्। घोषणापत्रमा विश्वव्यापी द्वन्द्व, संयुक्त राष्ट्रसंघमा सुधार र आर्थिक मुद्दाहरूलाई प्राथमिकताका साथ समेटिएको छ।
ब्रिक्स नेताहरूले विश्वका विभिन्न भागमा जारी द्वन्द्व र बढ्दो ध्रुवीकरणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सैन्य खर्चमा भएको तीव्र वृद्धिले विकासशील मुलुकहरूको विकास बजेटमा पारेको असरबारे ध्यानाकर्षण गराउँदै दिगो विकास र गरिबी निवारणका लागि बहुपक्षीय दृष्टिकोण आवश्यक रहेको उल्लेख छ। साथै, संयुक्त राष्ट्रसंघ र सुरक्षा परिषद्मा सुधार अपरिहार्य रहेको भन्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउनुपर्नेमा जोड दिइएको छ। सुरक्षा परिषद्मा भारत र ब्राजिलको भूमिका बढाउने विषयमा चीन र रुसले सहमति जनाएका छन्।
Read full story at source (canadanepal.com)