चितवन गोल्डकप सुरु, भरतपुरको ६–१ गोलको जित
ratopati.com · Sat Sep 12 19:03:22 GMT 2026
चितवन । तेस्रो हनामी चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । नेपाल प्रहरी शिक्षालय, भरतपुरको खेल मैदानमा भएको उद्घाटन खेलमा घरेलु टोली भरतपुर फुटबल क्लब (बीएफसी)ले भुटानको पाक्साम फुटबल क्लबलाई ६–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाका प्रमुख चित्रसेन अधिकारीले गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुदका माध्यमबाट स्वस्थ समाज निर्माणसँगै खेलाडी उत्पादन र प्रोत्साहनमा महानगर प्रतिबद्ध रहेको बताए । फुटबल, क्रिकेटलगायत विभिन्न खेलको पूर्वाधार विकास र खेलाडी प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको उनले उल्लेख गरे ।
Read full story at source (ratopati.com)