राष्ट्रियसभा अध्यक्ष दाहाल भन्छन्- बकर इदले सांस्कृतिक सद्भावलाई सुदृढ बनाउँछ
kendrabindu.com · Thu May 28 00:45:45 GMT 2026

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले समर्पण, मानवता, सहिष्णुता र परोपकारको सन्देश बोकेको बकर इद (इद–उल–अजहा)ले धार्मिक तथा सांस्कृतिक सद्भावलाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभएको छ ।
इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व बकर इद (इद–उल–अजहा)का अवसरमा शुभकामना व्यक्त गर्र्दै उहाँले यस पर्वले आपसी एकता, भ्रातृत्व र सामाजिक सहकार्यको भावना अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।
Read full story at source (kendrabindu.com)