बकर ईदले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
gorkhapatraonline.com · Thu May 28 01:09:53 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। बकर ईदको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले नेपाल विविध भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध मुलुक भएको उल्लेख गर्नुभएको छ।
उहाँले विभिन्न समुदायले मनाउने चाडपर्वहरूले सामाजिक सद्भाव, आपसी विश्वास तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताउनुभयो। मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले सबै धर्म, संस्कृति र परम्परालाई समान सम्मान गर्दै मौलिक भाषा, कला तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभएको छ।
Read full story at source (gorkhapatraonline.com)