आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ
barnanmedia.com · Sat Sep 12 20:15:00 GMT 2026

आतंकवाद पछिल्लो समय थप विखण्डित तथा विभिन्न क्षेत्रमा फैलिँदो चुनौतीका रूपमा विकसित भइरहेको र प्रविधिको तीव्र विकासले यसको स्वरूपमा समेत परिवर्तन ल्याइरहेको संयुक्त राष्ट्रसंघकी सहायक महासचिव नतालिया गेर्मानले बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आतंकवादविरोधी समितिको कार्यकारी निर्देशनालयको नेतृत्व गरिरहनुभएकी गेर्मानले आतंकवादी समूहहरूले आफ्ना संगठनात्मक संरचनामा परिवर्तन गर्दै गतिविधिलाई विकेन्द्रीकरण गर्ने, आर्थिक स्रोतका माध्यमहरू विविध बनाउने तथा अस्थिर परिस्थितिको लाभ उठाउने प्रयास गरिरहेको बताउनुभएको हो ।
Read full story at source (barnanmedia.com)