ढोरपाटन-निसेलढोर सडक कालोपत्रे, स्थानीय उत्साहित
nagariknews.nagariknetwork.com · Thu May 28 01:22:53 GMT 2026

बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ। चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिकाले विनियोजन गरेको ७२ लाख रुपैयाँ लगातमा ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो। नेपालको एक मात्र ढोरपाटन सिकार आरक्ष कार्यालयदेखि पश्चिममा रहेको निसेलढोर पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध छ।
गण्डकी प्रदेश सरकारको ६० लाख र गाउँपालिकाको १२ लाख रुपैयाँमा सडक स्तरोन्नति गरिएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँडा मगरले बताए। बागलुङ जिल्लाकै सबैभन्दा विकट मानिने निसेलढोर छ वर्ष अगाडि मात्रै मोटरबाटोले जोडिएको थियो। यस वर्ष सडक फराकिलो, नाली निर्माण र केही ठाउँमा ग्राभेलिङको काम गरिएको उनले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)