त्रिस्टल प्यालेसलाई यूईएफए कन्फ्रेन्स लिगको उपाधि
kendrabindu.com · Thu May 28 02:21:36 GMT 2026
काठमाडौं । जियान फिलिपे मेटाटेले गरेको एक मात्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे ।
इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि बिदाइ लिएका छन् । प्यालेसको साढे दुई वर्षको बसाईमा यो तेस्रो उपाधि हो ।
Read full story at source (kendrabindu.com)