अन्तर्वार्ताः समतामूलक समृद्ध राज्य निर्माण नै गणतन्त्रको मूल मर्म र धर्म होः सचेतक परियार
barnanmedia.com · Thu May 28 02:46:46 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद एवं सत्तारुढ दलका सचेतक प्रकाशचन्द्र परियार सामाजिक न्याय र मानवीय समानताका लागि आफू राजनीतिमा होमिएको बताउनुहुन्छ । लामो समयदेखि जातीय विभेदको चपेटाका साथै राज्य सत्ताको दमन सहनुपरेको आफ्नोजस्तै पीडा देशका समग्र दलित समुदायको रहेको उहाँको अनुभव छ । यसका अतिरिक्त सचेतक परियारसँग मुलुकमा गणतन्त्र ल्याउनका लागि आफ््नो परिवारका सदस्य गुमाउनु परेको पीडासमेत छ ।
यही जेठ १५ मा मनाउन लागिएको गणतन्त्र दिवसमा केन्द्रित रहेर राससका लागि अन्तर्वार्ता गरिरहँदा उहाँले २०६२÷०६३ को जनआन्दोलनमा राज्यपक्षबाट भएको अन्धाधुन्ध गोली प्रहारमा परी २२ वर्षकै उमेरमा भाइ दयाराम परियारलाई गुमाउनु परेको दुःखद् प्रसङ्ग सुनाउनुभयो । सोही जनआन्दोलनपछि यहीे पीडा बोकेर परियारले राजनीतिकको यात्रा सुरु गरेको बताउनुहुन्छ । त्यही यात्राको निरन्तरताले अहिले उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद र सचेतक सम्मको ओहदामा पुर्याएको छ । एक लोकप्रिय पत्रकारको पहिचान बनाइसकेका परियार समतामूलक समावेशी राज्यका वकालतकर्ता हुनुहुन्छ ।
Read full story at source (barnanmedia.com)