विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढाउन ब्रिक्सले पहल गर्नुपर्छ : नरेन्द्र मोदी
barnanmedia.com · Sat Sep 12 21:45:00 GMT 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्ने बताएका छन् । भारतको अध्यक्षतामा आयोजित १८ औँ ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही मुलुकमा मात्र केन्द्रित रहेको टिप्पणी गरेका हुन् ।
वर्तमान शासन प्रणालीलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने धारणा उनले राखे। ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी सङ्कटको अग्रपङ्क्तिमा रहे पनि निर्णय निर्माणमा भने पछाडि पारिएको मोदीको भनाइ छ।
Read full story at source (barnanmedia.com)