प्रहरीका १३ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
barnanmedia.com · Thu May 28 03:13:13 GMT 2026

काठमाडौँ। नेपाल प्रहरीको जनपद, प्राविधिक (स्वास्थ्य) र प्राविधिक (इन्जिनियरिङरसूचना प्रविधि) समूहतर्फका १३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस सूची प्रकाशन गरेको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) अनुसार उक्त नामावली सार्वजनिक गरिएको हो । जनपदतर्फ १ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङ बजेट शाखामा कार्यरत ध्रुव कुमार श्रेष्ठलाई एसपी फदमा बढुवाका लागि सिफारिस गरिएकाे छ ।
Read full story at source (barnanmedia.com)