मुस्ताङमा वन्यजन्तुलाई थापिएका १०५ पासो नष्ट
gorkhapatraonline.com · Thu May 28 03:35:56 GMT 2026

मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित घैतुङ जङ्गल क्षेत्रमा कस्तुरी मृगलगायत वन्यजन्तुलाई लक्षित गरी राखिएका एक सयभन्दा बढी अवैध पासो फेला पारेर नष्ट गरिएको छ ।
अवैध वन्यजन्तु चोरीसिकारीका गुनासा आउन थालेपछि इलाका संरक्षण कार्यालय, जोमसोम र संरक्षण क्षेत्र व्यवस्थापन समिति, जोमसोमको संयुक्त आयोजनामा ठिनी र जोमसोमका स्थानीय समुदाय तथा जिल्ला प्रहरी कार्यालय मुस्ताङको सहयोगमा वन गस्ती गरिएको थियो । उक्त गस्तीका क्रममा १०५ थान अवैध पासो बरामद गरिएको एक्याप जोमसोमका रेञ्जर दीपक ओलीले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)