हावाहुरीले घरगोठ उडाएपछि पीडितको जीवन कष्टकर
gorkhapatraonline.com · Thu May 28 03:50:08 GMT 2026

गुल्मीमा हावाहुरीले घरगोठ क्षति पुर्याएपछि प्रभावित नागरिकको जीवन कष्टकर बन्दै गएको छ । जेठ ११ र १२ गते आएको तीव्र हावाहुरीले १०० भन्दा बढी घरगोठ तथा शौचालयका छाना उडाएको छ । सबैभन्दा बढी क्षति मालिका गाउँपालिकामा भएको छ । विद्यालय, सहकारी, मन्दिर र स्वास्थ्य संस्थाका छाना समेत हावाहुरीले उडाएको छ ।
जिल्लाका मालिका, मदाने, इस्मा, छत्रकोट र मुसिकोट क्षेत्रमा घरगोठ, शौचालय तथा विद्यालय, सहकारी र मन्दिरका छाना उडेर ठूलो भौतिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मालिका गाउँपालिकाका वडा नं. ४, ५, ६ र ७ मा मात्रै ७१ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुगेको छ ।
Read full story at source (gorkhapatraonline.com)