लेबनानको ठूलो भूभाग खाली गर्न इजरायली सेनाको चेतावनी
onlinekhabar.com · Thu May 28 04:01:32 GMT 2026

१४ जेठ , काठमाडौं । इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भूभाग खाली गर्न आदेश जारी गरेको छ । इजरायली सेनाले नयाँ आक्रमणभन्दा अघि उक्त क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषण गर्दै खाली गराउन आदेश जारी गरेको हो ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दक्षिणी लेबनानमा बसोबास गर्दै आएका बासिन्दाहरूलाई जहरानी नदीको उत्तरतर्फ जान भनेको छ । उक्त नदी इजरायलको सीमाबाट झण्डै ४० किलोमिटरको दूरीमा रहेको बीबीसीले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)