भारतको अनुदानमा १४ विद्यालय निर्माण हुने, ५६ करोड रुपैयाँभन्दा बढी सहयोग
himalpress.com · Thu May 28 04:37:58 GMT 2026

काठमाडौँ- भारत सरकारको अनुदानमा नेपालका आठ जिल्लामा १४ वटा विद्यालय निर्माण गरिने भएको छ। यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (शिक्षा) र निर्माण कम्पनीहरूबीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
भारतीय राजदूतावासले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौँ, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा निर्माण गरिने ती विद्यालयका लागि भारत सरकारले ५६ करोड २ लाख रुपैयाँ (नेरु. ५६.०२ करोड) अनुदान उपलब्ध गराउनेछ।
Read full story at source (himalpress.com)