नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
ratopati.com · Sun Sep 13 00:01:26 GMT 2026

तनहुँ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४ मा तनहुँमा नदी नियन्त्रण तथा सिँचाइका विभिन्न कार्यक्रमका लागि रु १५ करोड बजेटको कार्यक्रम सञ्चालन गरेको छ । नदी कटान तथा डुबान नियन्त्रण, पहिरो नियन्त्रण र सिँचाइ सुविधा विस्तारलाई प्राथमिकता दिँदै आयोजना अघि बढाइएको हो ।
आयोजना प्रमुख सुपिन्द्र खत्रीले चालु आवमा सिँचाइ, पहिरो र नदी नियन्त्रणतर्फ विभिन्न योजनामा बजेट विनियोजन गरिएको जानकारी दिए । उनका अनुसार मर्स्याङ्दी नदी नियन्त्रणका लागि रु आठ करोड, मादी नदी नियन्त्रणका लागि रु तीन करोड र सेती नदी नियन्त्रणका लागि रु तीन करोड छुट्याइएको छ ।
Read full story at source (ratopati.com)