मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व
lokaantar.com

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ ।
रसुवाको भोटेकोशीमा गएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङ नाका र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो रहेको छ । शुक्रबारमात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन रु २७ करोड ११ लाख राजस्व सङ्कलन गरेको छ । भदौ २२ पछि मुस्ताङ भन्सारबाट दैनिक औसत रु ३० करोड हाराहारीमा राजस्व सङ्कलन हुने गरेको प्रमुख चुडालले बताए ।
Read full story at source (lokaantar.com)