कोशी, बागमती, गण्डकीसहितका प्रदेशमा भारी वर्षाको सम्भावना
nepallive.com · Sun Sep 13 00:52:22 GMT 2026

काठमाडौं– कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा आइतबार भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई क्षेत्रमा पनि राति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ।
देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Read full story at source (nepallive.com)