आजदेखि कान्तिपुर थिएटरमा ‘महाभारत’ नाटक मञ्चन प्रारम्भ
kalakarmi.com · Thu May 28 06:19:30 GMT 2026

काठमाडौं- आजदेखि कान्तिपुर थिएटरमा बहुप्रतीक्षित नाटक ‘महाभारत’ मञ्चन प्रारम्भ भएको छ । विश्वप्रसिद्ध महाकाव्य महाभारतमा आधारित यस नाटकलाई दर्शकमाझ प्रस्तुत गर्न सम्पूर्ण तयारी पूरा गरिएको आयोजकले जनाएको छ।
नाटक ‘महाभारत’ मा शक्ति, धर्म, नीति, सम्बन्ध र मानवीय द्वन्द्वलाई नाटकीय शैलीमा प्रस्तुत गरिएको छ । मूल कथावस्तु महाभारतको ऐतिहासिक र दार्शनिक पक्षमा आधारित भए पनि यसलाई समकालीन दृष्टिकोणसँग जोडेर प्रस्तुत गरिएको बताइएको छ ।
Read full story at source (kalakarmi.com)