वीरेन्द्र युवा क्लबलाई महिला फुटसल उपाधि
gorkhapatraonline.com · Sun Sep 13 00:59:41 GMT 2026
ताप्लेजुङमा सम्पन्न प्रथम कुलकर्ण खुला महिला फुटसल प्रतियोगिताको उपाधि वीरेन्द्र यवा क्लब ‘ए’ टोलीले जितेको छ । प्रतियोगिताको फाइनलमा आयोजक कुलकर्ण फुटसल क्बव ‘बी’ लाई ३–१ गोलअन्तरले पराजित गर्दै फुङ्लिङ–५ को वीरेन्द्र युवा क्लबले उपाधि जितेको हो ।
उपाधि जितसँगै वीरेन्द्र युवा क्लबले २५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । यस्तै उविजेता बनेको आयोजक ‘बी’ ले १५ हजार रुपियाँ नगद पुरस्कार तथा ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ ।
Read full story at source (gorkhapatraonline.com)