रेवान पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित
ratopati.com · Sun Sep 13 01:07:38 GMT 2026

पोखरा । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित भएका छन् । शनिबार भएको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको प्रथम उपाध्यक्षमा विकास भट्टराई, द्वितीय उपाध्यक्षमा योगेश भट्टराई, महासचिवमा वीरेन्द्र शेरचन चयन भए । यस्तै, सचिवमा रोशन जंग कार्की, कोषाध्यक्षमा सुरेश न्यौपाने र सह–कोषाध्यक्षमा सफल थापा चयन भएका छन् ।
Read full story at source (ratopati.com)