के एआई नियन्त्रणबाहिर गएर मानव अस्तित्वकै अन्त्य गर्न सक्छ ?
nepalsamaya.com · Sun Sep 13 01:13:00 GMT 2026

काठमाडौं- कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै यसले भविष्यमा मानव अस्तित्वमै खतरा पुर्याउन सक्ने हो कि भन्ने चिन्ता पनि बढ्दै गएको छ। यही विषयमा बिजनेस इन्साइडरले लोकप्रिय चार कृत्रिम बुद्धिमत्ता प्रणाली, च्याटजिपिटी, जेमिनी, क्लाउड र ग्रोकलाई एउटै प्रश्न सोधेको थियो, कृत्रिम बुद्धिमत्ता कसरी मानव जातिको अन्त्यको कारण बन्न सक्छ ?
चारै प्रणालीले हलिउड चलचित्रमा देखाइने ‘टर्मिनेटर’ जस्ता हत्यारा यन्त्रले मानिसमाथि आक्रमण गर्ने अवधारणालाई अस्वीकार गरेका छन्। उनीहरूका अनुसार कृत्रिम बुद्धिमत्ताले मानिसप्रति स्वाभाविक रूपमा शत्रुता राख्ने भन्ने हुँदैन। तर मानिसले यसको खतरनाक दुरुपयोग गरेमा वा अत्यधिक शक्तिशाली कृत्रिम बुद्धिमत्ता मानव नियन्त्रणबाट बाहिर गएमा गम्भीर विपत्ति निम्तिन सक्ने चेतावनी दिइएको छ।
Read full story at source (nepalsamaya.com)