कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै
kendrabindu.com · Sun Sep 13 01:20:41 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बोलाएको छ। कांग्रेसले भदौ २८ गते आज आइतबार दिउँसा २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनाएका छन्। बैठकका लागि सबै पदाधिकारी, सदस्य र प्रदेश सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।
Read full story at source (kendrabindu.com)