अनुमतिपत्र खारेजीपछि युटिएलमा सरकारको स्वामित्व
gorkhapatraonline.com · Sun Sep 13 01:22:01 GMT 2026

तोकिएको समयभित्र वित्तीय दायित्व पूरा गर्न नसकेपछि अनुमतिपत्र स्वतः खारेजीमा परेको युनाइटेड टेलिकम (युटिएल) मा सरकारको स्वामित्व स्थापित भएको छ ।
अनुमतिपत्र खारेजीपछि युटिएलको दूरसञ्चार सेवासँग सम्बन्धित सम्पत्ति पनि नेपाल सरकारको स्वामित्वमा स्वतः हस्तान्तरण भएको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भदौ २४ गते बसेको बोर्ड बैठकले यससम्बन्धी निर्णय गरेको र युटिएलको सम्पत्ति अब स्वतः सरकारको भएको बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)