आज दर खाँदै नेपाली महिला
nepallive.com · Sun Sep 13 01:29:08 GMT 2026

काठमाडौं– हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ।
हरितालिका तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन दर खाने परम्परा छ। यस दिन विशेषगरी माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ। दरका रूपमा दूधबाट बनेका विभिन्न परिकारसहित मीठा तथा आडिला खानेकुरा खाने गरिन्छ।
Read full story at source (nepallive.com)