ला लिगा : रियल जितमा एमबापेको दुई गोल
kendrabindu.com · Sun Sep 13 01:25:38 GMT 2026
काठमाडौं । किलियन एमबापेले गरेको दुई गोलको मदतले स्पेनी ला लिगामा रियल म्याड्रिडले शनिबार रायो भालेकानोलाई ४–१ ले हराएको छ । पछिल्लो साता बेटिससँग पराजित भएयता रियल फेरि जितको बाटोमा फर्केको हो ।
एमबापेले पेनाल्टीबाट १४ औं मिनेटमा पहिलो गोल गरेपछि दोस्रो हाफको इन्ज्युरी समयमा अर्को गोल गरे । यसबीच अल्भारो फर्नान्डेज र जुड बेलिंघमले एक एक गोल थपे । भालेकानोको तर्फबाट सर्जियो कमेलोले एक गोल फर्काए ।
Read full story at source (kendrabindu.com)