गण्डकी प्रदेश : संसद अधिवेशन अन्त्यपछि अब के हुन्छ ? यस्तो छ संवैधानिक व्यवस्था !
farakdhar.com · Thu Apr 15 08:23:16 GMT 2021
गण्डकी प्रदेश प्रदेशसभा अधिवेशन गएराति १२ बजेदेखि अन्त्य भएको छ । अधिवेशन अन्त्य भएको पत्र बिहान साढे १० बजे प्रदेशसभा सचिवालयमा अधिवेशन अन्त्यको पत्र दर्ता भइसकेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध कांग्रेस, माओवादी र जसपाका सांसदहरुले अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गर्ने तयारी गरेका थिए ।
पत्रमा संविधानको धारा १८३ बमोजिम संसद् अन्त्य गरिएको जानकारी गराइएको छ । मुख्यमन्त्री गुरुङलाई सरकार बचाइराख्न ३ सांसदको आवश्यकता थियो । तर, ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएर काँग्रेसलाई नै नयाँ सरकार बनाउन सघाउने नीति लिएसँगै मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार संकटमा परेको थियो ।
Read full story at source (farakdhar.com)