चोलेन्द्रलाई चोख्याएर सुशासनका उपदेश दिन हिँडे मनोज
barnanmedia.com · Sun Sep 13 01:38:49 GMT 2026

प्रधानन्यायाधीश मनोजकुमार शर्माले शनिबार एक कार्यक्रममा पुगेर न्यायपालिकाको जिम्मेवारी न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीको साझा प्रयासबाट मात्र पूरा हुने भन्दै भाषण गरेका छन् । पाटन उच्च अदालत बार एसोसिएसनको कार्यक्रममा प्रमुख अतिथि बनेर गएका थिए उनी । बार र बेन्चबीच भिन्न बुझाइ भए संवादमार्फत समाधान गर्नुपर्ने उनको भनाइ थियो । स्वच्छ रचनात्मक आलोचना स्वाभाविक भए पनि निहित स्वार्थ वा मनोगत आधारमा गरिने प्रहारले न्यायिक क्षेत्रको मर्यादामा आँच पुग्ने उनको चेतावनी थियो । उनले आफ्ना पालामा सुशासनका महत्त्वपूर्ण कदम चालिएको दाबी गर्दै त्यसमा साथ दिनुपर्ने बताए । उनले लामै भाषण गरी धेरै खालका अर्तीउपदेश कार्यक्रममा दिए ।
उपदेश राम्रै हो । तर उपदेश दिने समय र परिस्थितिले अर्थ राख्छ । विपदको मौका छोपी चोलेन्द्रशमशेर राणालाई महाभियोगबाट छुटकारा दिएको भोलिपल्ट प्रधानन्यायाधीश शर्माले उपदेश दिएछन् । उनको दोहोरो चेहरा यसैबाट देखिन्छ ।
Read full story at source (barnanmedia.com)