सुरक्षाकर्मीलाई सलाम
gorkhapatraonline.com · Sun Sep 13 02:01:58 GMT 2026

भोटेकोशी नदीमा आएको हिमबाढीले एउटा भूगोललाई मात्र प्रभावित बनाएको छैन, यसले देशभरका नेपालीको मनलाई पनि गहिरोसँग छोएको छ । उर्लिएको नदी, बाढी, पहिरो, अवरुद्ध सडक र अस्तव्यस्त जनजीवनका कारण त्यहाँका नागरिकले ठुलो पीडा र त्रास बेहोर्नु परेको छ । धेरैले आफन्तजन गुमाएका छन् । कतिपय परिवार आफ्ना प्रियजनको सुरक्षाबारे चिन्तित छन् भने कतिपयले घर, सम्पत्ति गुमाएका छन् । प्राकृतिक विपत्तिको यस्तो कठिन समयमा नागरिकलाई तत्काल उद्धार, राहत र भरोसाको आवश्यकता पर्छ ।
यही कठिन घडीमा नेपाली सेना, नेपाल प्रहरी तथा अन्य सुरक्षाकर्मी अग्रपङ्क्तिमा खटिएका छन् । जोखिमपूर्ण परिस्थितिमा प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धारमा जुट्नु, नागरिकलाई सुरक्षित स्थानमा पुर्याउनु र राहत कार्यमा सहयोग गर्नु उनीहरूको जिम्मेवारी हो । आफ्नो सुरक्षाको समेत पर्वाह नगरी अरूको जीवन जोगाउन जोखिम उठाउनु सामान्य विषय होइन । यसले सुरक्षाकर्मीको अनुशासन, प्रशिक्षण, कर्तव्यबोध र राष्ट्रसेवाप्रतिको प्रतिबद्धता देखाउँछ ।
Read full story at source (gorkhapatraonline.com)