म्याग्दीबाट प्रकाश दुतराजको नयाँ सांगीतिक यात्रा
gorkhapatraonline.com · Sun Sep 13 02:06:27 GMT 2026

लोकगायक प्रकाश दुतराजले आफ्नो जन्मथलो म्याग्दीबाटै नयाँ सांगीतिक यात्राको सुरुवात गर्नुभएको छ । लोकसंगीतलाई आधुनिक प्रस्तुति र सामूहिक वाद्यवादनसँग जोड्ने उद्देश्यसहित ‘दुतराज प्रकाश एन्ड लाइनअप’ मार्फत शनिबार बेनीमा सांगीतिक कन्सर्ट सम्पन्न भएको हो ।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्च खेलमैदानमा म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा दुतराजको नेतृत्वमा रहेको ब्यान्डले सांगीतिक प्रस्तुति दिएको थियो ।
Read full story at source (gorkhapatraonline.com)