विधायन व्यवस्थापन समितिको बैठक बस्दै
kendrabindu.com · Sun Sep 13 02:09:35 GMT 2026

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । समितिको बैठक कक्ष सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
आजको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ माथि दफावार छलफलका साथै विविध विषयमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ । छलफलका लागि कृषि, वन तथा पर्यावरणमन्त्री र सचिवलाई आमन्त्रण गरिएको सचिवालयले जानकारी दिएको छ ।
Read full story at source (kendrabindu.com)