के हो ब्रिक्स, यसमा कुन-कुन देश छन् ?
nepalsamaya.com · Sun Sep 13 02:13:00 GMT 2026

काठमाडौं- ब्रिक्स विश्वका प्रमुख उदीयमान अर्थतन्त्र तथा विकासशील राष्ट्रहरूको समूह हो। यसको १८औँ शिखर सम्मेलन आज र भोली भारतको नयाँदिल्लीमा हुँदैछ। सम्मेलनमा चीनका राष्ट्रपति सी जीनपीङ, रुसी राष्ट्रपति भ्लादमिर पुटिन पनि सहभागी हुने भएका छन्।
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो। सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए। सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो।
Read full story at source (nepalsamaya.com)