आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
makalukhabar.com · Sun Sep 13 02:09:30 GMT 2026

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ का युवाले आफ्नो गाउँ आफैँ सफा र व्यवस्थित बनाउन सरसफाइ अभियान सुरु गरेका छन् । सरसफाइ, सडक व्यवस्थापनलगायत कामका लागि सरकारकै भर पर्नुपर्ने सोच भइरहेका बेला यहाँका युवा भने सार्वजनिक सडक तथा आसपासको क्षेत्र सफा गर्न आफैँ जुटेका हुन् ।
केही दिनअघिदेखि वडाका विभिन्न क्षेत्र सरसफाइ गर्न सुरु गरिएको छ । एकता युवा क्लबको अगुवाइमा स्थानीय युवा, भलमन्सा, बुद्धिजीवी तथा अन्य स्थानीयवासीको सहभागितामा सडक छेउछाउको सरसफाइ सुरु गरिएको हो ।
Read full story at source (makalukhabar.com)