बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
reportersnepal.com · Sun Sep 13 02:18:13 GMT 2026

काठमाडौं, भदौ २८ । स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ । धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन् । तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ ।
वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत व्यावसायिक रूपमा खुर्सानी खेती गरिएको फार्मका सञ्चालक दयाराम पाठकले बताए । धान, मकै लगायतका खाद्यान्न बालीबाट भन्दा खुर्सानीबाट राम्रो आम्दानी हुने र बाँदरले क्षति नगर्ने भएकाले खुर्सानी खेती विस्तार गरिएको उनले भने ।
Read full story at source (reportersnepal.com)