ऊर्जा बजेटः रणनीतिक महत्वका ११ प्रसारणलाइन एक बर्षमै सक्नेगरि १५ अर्ब बजेट प्रस्ताव
corporatenepal.com · Thu May 28 07:37:32 GMT 2026

काठमाडौं । निर्माणाधीन अवस्थामा रहेका रणनीतिक महत्त्वका ११ प्रसारणलाइन एक बर्षमै सम्पन्न गर्ने गरि १५ अर्ब बजेट प्रस्ताव गरिएको पाइएको छ । सरकारले शुक्रबार आगामी आर्थिक बर्ष २०८३–८४ को बजेट ल्याउँदैछ । त्यसमा ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले ५० अर्ब हाराहारीको बजेट बनाएर अर्थ मन्त्रालयमा बुझाएको छ । त्यसमा प्रसारण लाइनलाई उच्च प्राथमिकतामा राखिएको स्रोतको भनाइ छ ।
ऊर्जा मन्त्रालयको स्रोतअनुसार ११ प्रसारण लाइनको निर्माण आगामी आवमै सक्ने गरि १५ अर्ब बढी बजेट प्रस्ताव गरिएको छ । त्यसमा कहिलपुर–सुर्खेत–दैलेख ३२ केभी, कालीगण्डकी–रिडी १३२ केभी, लुम्मिङटार–सितलपार्टी २२० केभी, ढल्केबर–बालगँगा १३२ केभी, भुमई–हाकुई १३२ केभी प्रसारण लाइन छन् ।
Read full story at source (corporatenepal.com)