सिक्टा सिँचाइ निर्माण सुरु भएको दुई दशक: खर्च २४ अर्ब , भौतिक प्रगति ५१ प्रतिशत
kendrabindu.com · Sun Sep 13 02:23:05 GMT 2026

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । सरकारले पाँच वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिएअनुरूप पछिल्लो समय सिक्टा सिँचाइको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताए ।
बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने यो अवधिमा पूर्वाधार निर्माणतर्फ करिब २४ अर्ब रुपैयाँ खर्च भइसकेको छ । मर्मत सम्भारको काम नियमित रूपमा चल्ने भएपनि आयोजना निर्माणको बाँकी काम पाँच वर्षमा सक्ने गरी अहिले काम भइरहेको छ ।
Read full story at source (kendrabindu.com)