कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
gorkhapatraonline.com · Sun Sep 13 02:32:48 GMT 2026

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार अपराह्न बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)